images
images
images

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दुई जना संचालक समिति सदस्य नियुक्त

images

तनहुँ । तनहुँको बेलचौतरामा रहेको जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा दुई जना संचालक समिति सदस्य नियुक्त भएका छन् ।

केन्द्रको संचालक समिति सदस्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव(कानुन) रेशराज शर्मा नियुक्त भएका छन् ।

मन्त्रालयको मंगलबारको निर्णय अनुसार शर्मा सदस्यको रुपमा नियुक्ती पाएका हुन् । जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको गठन आदेशमा स्वास्थ्य मन्त्रालयको उपसचिव(कानुन) सदस्य हुने ब्यवस्था रहेको छ ।

यसअघि मन्त्रालयबाट सो स्थानमा मन्त्रालयकै उप–सचिव (कानुन) मान बहादुर बस्नेतले सदस्यका रुपमा काम गरेका थिए ।

बस्नेतको अख्तियार अनुसन्धान आयोगमा सरुवा भएपछि सो रिक्त रहेको थियो ।

यसैगरी मन्त्रालयले शुक्लागण्डकी नगरपालिकाका प्रकाश दवाडीलाई समेत संचालक समिति सदस्यमा नियुक्ति दिएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट केही दिन अघि मात्र दवाडी सदस्यमा नियुक्त भएको अस्पताल श्रोतले जनाएको छ ।

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सदस्यमा शुक्लागण्डकी कै नारायण सिग्देलको गतवर्ष निधन भएपछि एक सदस्य खाली रहेको थियो ।

सोही स्थानमा दवाडीको नियुक्ती भएको स्वास्थ्य मन्त्रालय श्रोतले जनाएको छ ।

उनी नेकपा एकिकृत समाजवादी पार्टी निकट रहेको श्रोतले बतायो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS