images
images
images

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: तनहुँका ४८ विद्यालय परे छनोटमा, कुन पालिकाबाट कति ? (सूची सहित)

images

तनहुँ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४८ वटा विद्यालय छनोटमा परेका छन् । शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका दश वटै पालिकाबाट विद्यालय छनौट गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यस आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रमअनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरु छनोटमा परेका हुन् । छनोट भएका विद्यालयको बजेट छिट्टै स्थानीय तहको नाममा निकासा हुने मन्त्रालयले जनाएको छ ।

जिल्लाको भिमाद नगरपालिकाका ६ वटा, बन्दीपुर गाउँपालिकाको ५ वटा, भानु नगरपालिकाको ५ वटा, व्यास नगरपालिकाको ८ वटा, म्याग्दे गाउँपालिकाको ३ वटा, आँबुखैरेनी गाउँपालिकाको ४ वटा, ऋषिङ गाउँपालिकाको ४ वटा, शुक्लागण्डकी नगरपालिकाको ५ वटा, घिरिङ गाउँपालिकाको ४ वटा र देवघाट गाउँपालिकाको ४ वटा विद्यालय छनोटमा परेका हुन् ।

छनौटमा परेका विद्यालयमा भौतिक निर्माणमा कक्षाकोठा, ल्याब, आईसिटि लगाएतका विषय रहेका छन् ।

कुन विद्यालयलाई कति रकम ?

जिल्लाको भिमाद नगरपालिकाको मङ्गलोदय माविमा चार कोठे भवनका लागि ३६ लाख, रघु माविमा दुई कोठे भवनका लागि १८ लाख, दिपक माविमा चार कोठे भवनका लागि ३६ लाख, पृथ्वी माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, शङ्कर माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र अरुणोदय माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार रुपैयाँ रकम विनियोजन भएको छ ।

यस्तै बन्दीपुर गाउँपालिकाको शिवशक्ति आविमा दुई कोठे भवनका लागि १८ लाख, झारगाउँ आविमा चार कोठे भवनका लागि ३६ लाख, चन्द्रोदय आविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, जगदीश्वर आविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र विष्णु माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।

भानु नगरपालिकाको होमराज लोहनी शारदा शिक्षा सदनमा चार कोठे भवनका लागि ३६ लाख, सरस्वती सदन माविमा दुई कोठे भवनका लागि १८ लाख, राष्ट्रिय माविमा चार कोठे भवनका लागि ३६ लाख, भानु संस्कृत माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र पुर्कोट माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।

त्यसैगरी व्यास नगरपालिकाको शिव माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, जलदेवी माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, इन्दु माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, उदय माविमा दुई कोठे भवनका लागि १८ लाख, महर्षि वेदव्यास संस्कृत माविमा चार कोठे भवनका लागी ३६ लाख, वाराही माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, निर्मल माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र चण्डिदेवी माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।

म्याग्दे गाउँपालिकाको मिन माविमा चार कोठे भवनका लागि ३६ लाख, राधा माविमा दुई कोठे भवनका लागि १८ लाख र महेन्द्र माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।

आँबुखैरेनी गाउँपालिकाको रामशाह माविमा विज्ञान प्रयोगशालाका लागि १० लाख, कन्यादेवी माविमा चार कोठे भवनका लागि ३६ लाख, लक्ष्मी माविमा दुई कोठे भवनका लागि १८ लाख र मस्याङ्दी सामुदायिक आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।

यस्तै ऋषिङ गाउँपालिकाको बाल विकास माविमा चार कोठे भवनका लागि ३६ लाख, शहीद गङ्गा माविमा दुई कोठे भवनका लागि १८ लाख, श्रृङ्ग माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, अम्मर माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।

शुक्लागण्डकी नगरपालिकाको तालवेशी माविमा चार कोठे भवनका लागि ३६ लाख, जनप्रेमी माविमा दुई कोठे भवनका लागि १८ लाख, खैरेनी माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार, छब्दी माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र शहीदकृष्ण माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।

घिरिङ गाउँपालिकाको पशुपतिनाथ आविमा दुई कोठे भवनका लागि १८ लाख, कामधुन माविमा चार कोठे भवनका लागि ३६ लाख, महेन्द्रज्योति माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र कृष्ण माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ ।

त्यसैगरी देवघाट गाउँपालिकास्थित आदर्श शिक्षा माविमा चार कोठे भवनका लागि ३६ लाख, कालिका माविमा दुई कोठे भवनका लागि १८ लाख, जुनोदय आविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार र पार्वती माविमा कम्प्युटर प्रयोगशालाका लागि ६ लाख ५० हजार विनियोजन भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS