images
images
images

सत्यवतीमा इन्द्रप्रसाद पौडेलको एक दशक: देश कै उत्कृष्ट विद्यालयको रुपमा स्थापित

images

तनहुँ । सामुदायिक विद्यालय पनि निजि भन्दा माथिल्लो तहमा पुग्न सक्छ भन्ने उदाहरण हो तनहुँको व्यास-२ मा रहेको सत्यवती माध्यमिक विद्यालय । जहाँ भर्ना हुन कै लागी प्रवेश परिक्षा पास गर्नुपर्छ ।

विद्यालयले हरेक वर्षको एसएलसी/एसइइ परीक्षामा ल्याएको उत्कृष्ट नतिजाकै कारण सत्यवतीमा नयाँ विद्यार्थी भर्ना हुन तछाड मछाड गरेको छ । ४ पटक पश्चिमाञ्चल क्षेत्रको सर्वाेत्कृष्ट विद्यालय, एक पटक राष्ट्रिय स्तरको प्रथम र दुई पटक राष्ट्रिय स्तरमा दोस्रो पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्न सफल सत्यवती सामुदायिक विद्यालयको लागि एउटा गतिलो उदाहरण हो ।

सोही विद्यालयको निवर्तमान प्रधानाध्यापक हुन् इन्द्रप्रसाद पौडेल । वि.सं. २०४८ सालदेखि निजी स्रोतमा प्राथमिक शिक्षकको रुपमा सत्यवतीमा अध्ययापन सुरु गरेका पौडेल २०६८ सालदेखि भने विद्यालयका प्रधानाध्यापक भए ।

पौडेल सत्यवती माध्यमिक विद्यालयको एस.एल.सी.को पहिलो व्याच (२०४६) का विद्यार्थी समेत हुन् ।

वि सं. २०५१ मा निम्न माध्यमिक तहमा अस्थायी शिक्षक हुँदै २०५५ मा माध्यमिक तहमा अस्थायी शिक्षक र २०६३ मा माध्यमिक तहमा स्थायी शिक्षक भएका पौडेल २०६४ मा सहायक प्रधानाध्यापक भएका थिए ।

वि.सं.२०६८ सालदेखि प्रधानाध्यापक भएका पौडेल २०७८ सालदेखि प्रधानाध्यापक पदबाट बिदा भएका छन् ।

प्रधानाध्यापकको कार्यकालमा पौडेलले विभिन्न काम विद्यालयमा गरेका थिए । जसमा सत्यवती २०७० सालमा एस.एल.सी को नतिजाको आधारमा पश्चिमाञ्चल विकास क्षेत्र प्रथम भएको थियो । यस्तै विद्यालय ३ वर्षको एस.एल.सीको नतिजाको आधारमा राष्ट्रिय स्तरमा एक पटक प्रथम (२०७०) र दुई पटक द्वितीय (२०६९ र २०७१) भएको थियो ।

आफ्नो प्रधानाध्यापककालमा विद्यालय एस.एल.सी र एस.ई.ई को सिकाइ उपलब्धिको आधारमा सामुदायिक विद्यालय तर्फ सधै जिल्ला प्रथम हुँदै आएको पौडेल बताउछन ।

प्राविधिक तथा व्यवसायिक धार अन्तर्गत कम्प्युटर इन्जिनियरिङको पठनपाठन सुरु गरेका पौडेल विद्यालयमा दुई वटा कम्प्युटर ल्याव र एउटा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक ल्यावको व्यवस्था समेत गर्न सफल भए । त्यस्तै भौतिक विज्ञान, रसायन विज्ञान र जिव विज्ञानका अलग अलग व्यवस्थित विज्ञान प्रयोगशालाको व्यवस्था समेत विद्यालयमा गरेको पौडेल बताउछन ।

विद्यालयमा पुस्तकालयको व्यवस्था, नमुना विद्यालयमा छनोट र खेलकुद लगायत अतिरिक्त क्रियाकलापहरुमा सधै उत्कृष्ट हुने गरेको सत्यवतीमा स्मार्ट टि.भि.र बोर्ड तथा इन्टरनेटसहित व्यवस्था गरी शिक्षण सुरु गरिएको पौडेलले बताए ।

साथै विद्यालयमा एक शिक्षक एक ल्यापटपको कार्यक्रम सुरु गरिएको उनले जानकारी दिए । सत्यवती युवा रेडक्रस सर्कलमा राष्ट्रियस्तरमा प्रथम समेत भएको थियो । विद्यालयमा सि.सि.टिभी क्यामेराको व्यवस्था समेत गरिएको छ ।

खेलकुदमा यस्ता छन् उपलब्धि

साथै जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा लगातार चार पटक प्रथम, मेयर कप छात्र फुटबल प्रतियोगितामा दुवै पटक प्रथम, उपमेयर कप छात्र फूटबल प्रतियोगितामा एक पटक प्रथम भएको छ सत्यवती । जुन पौडेल प्रधानाध्यापक हुँदा भएको हो ।

यस्तै व्यास नगरपालिका स्तरिय रनिङ्ग शिल्ड प्रतियोगितामा सधै प्रथम हुन सफल भएको छ ।

पुरस्कार तथा सम्मान

पौडेल एस.एल.सी परीक्षामा तनहुँ जिल्लामा सबैभन्दा धेरै विद्यार्थी उर्तीण गराए वापत पुरस्कृत भएका थिए । एस.एल.सी २०५८, ६०, ६१, ६९ र ७० सालमा अनिवार्य गणितबाट, एस.एल.सी २०६५ देखि २०६९ सालसम्म अनिवार्य अंग्रेजीबाट सम्मनित भएका थिए ।

साथै पौडेलले शिक्षा मन्त्रालयद्धारा प्रदान गरिने शिक्षा दिवस पदक २०७० प्राप्त गरेको छन् । पि.पि. प्रसाइ राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार सन् २०१६ बाट समेत पौडेल सम्मानित भएका थिए ।

देशकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित गर्न महत्वपूर्ण योगदान गर्ने स्थापना कालदेखि हाल सम्मका विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवालालाई पौडेल धन्यवाद ज्ञापन गरेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS