images
images
images

शौच गर्न समस्या भएका वृद्धवृद्धालाई वडाअध्यक्ष गुरुङद्वारा ‘ट्वाइलेट चेयर’ उपहार

images

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका – १२ का वडाध्यक्ष मनराज गुरुङले वडा भित्र वर्षौदेखि शौच गर्न समस्या भएकाहरुलाई ‘ट्वाईलेट चेयर’ उपहार दिएर सोमबार प्रणय दिवसलाई मनाएको बताएका छन ।

वडाका नागरिकहरुको समस्या पहिचान गरेर योजना ल्याउन आफुलाई सक्षम प्रमाणित गरेका वडाध्यक्ष गुरुङको यो कार्यले लामो समयदेखि उठेरै दिशा पिसाव गर्नुपर्ने बाध्यता भोगेका वृद्धवृद्धाहरुले राहतको महसुस गरेका छन् ।

‘गाउँका केही बृद्धहरुलाई घुँडाको समस्याका कारण उठेरै दिशा पिसाब गर्नुपर्ने बाध्यता रहेको थाहाँ पाए ।’ गुरुङले भने ‘यो निकै भयकंर समस्याको अन्त्य गर्नुपर्छ भनेर कार्यक्रम नै बनाएको थिए ।’ उनले वडामा यस्ता समस्या भएकोहरु झण्डै ६५ जना रहेको पाईएकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम मार्फत उनीहरुलाई ‘ट्वाईलेट चेयर’ प्रदान गर्ने निर्णय गरिएको बताए ।

प्रणय दिवसमा अवसरमा वडाध्यक्ष गुरुङले वडाका तीन गाउँमा स्वयं पुगेर २१ जनालाई उपहार स्वरुप ‘ट्वाईलेट चेयर’ प्रदान गरे । अन्य समस्याग्रस्त नागरिकलाई पनि कार्यक्रम मार्फत समेट्ने उनले बताए ।

बृद्ध अवस्थामा वर्षाैदेखि कष्टकर रुपमा उठेर दिशा पिसाब गर्नुपर्ने बाध्यता भोगेकाहरुले अब सहज हुने विश्वास लिएका छन् । वडाध्यक्षलाई धन्यवाद दिदै बृद्धाहरुले समस्या बाट मुक्त गराउन पहल गरेको भन्दै खुशी ब्यक्त गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS