images
images
images

एमसीसी खारेजीको माग गर्दै दमौलीमा एकीकृत समाजवादीको प्रदर्शन (तस्बिर सहित)

images

तनहुँ । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध गर्दै सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीले प्रदर्शन गरेको छ ।

तनहुँको दमौलीमा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले विरोध जनाएका हुन् । उनीहरूले ‘विदेशी दलाल होसियार, एमसीसी चाहिँदैन-देश बेच्न पाइँदैन, गो ब्याक एमसीसी’ जस्ता नारा लगाएका थिए ।

उक्त विरोध र्‍यालीपछि दमौलीको अनसन चौतारीमा भएको कार्यक्रमको अध्यक्षता नेकप एसकी नेतृ मनमाया श्रेष्ठले गरेकी थिइन ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका सचिव प्रतापलाल श्रेष्ठ रहेका थिए ।
सो अवसरमा बोल्दै उनले देश बेच्न तयार हुने विरुद्ध एक हुन सबैलाई उनले अनुरोध गरेका थिए ।

नेकपा एसका जिल्ला सचिव श्रीराम कार्कीले रगत बगाउन तयार रहेको तर देश बेच्न तयार नभएको बताए । उनले थपे ‘देश बेच्न तयार हुनेहरुको विरुद्धमा लाग्नु पर्ने बेला आएको छ ।’

सो अवसरमा प्रतिनिधि सभाकी सदस्य एवं नेकपा एसका केन्द्रिय सदस्य कलिला खान, केन्द्रिय सदस्य शंकर पोख्रेल, तनहुँ काठमाडौ सम्पर्क मञ्चका संयोजक श्रीराम पौडेल लगाएतले बोलेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS