images
images
images

तनहुँमा १८ हजार बढीले दर्ता गराए मतदाता नामावलीमा आफ्नो नाम, निर्वाचन कार्यालयले अद्यावधिक गर्दै

images

तनहुँ । निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । आयोगका अनुसार गत सोमबार दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुनेछ । आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो ।

निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ ।

निर्वाचनको मिति घोषणा भएको अनौपचारिक जानकारी पछि सोमबार बसेको आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय गरेको हो ।

तनहुँमा १६ वर्ष उमेर पुगेका १८ हजार भन्दा बढीले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । चालु आर्थिक वर्ष २०७८/७९ को साउन देखि माघ २४ गतेसम्मको अवधिमा फोटो सहितको मतदाता नामावलीमा १८ हजार ९ सय ५५ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

जसमा पुरुष १० हजार ८ सय १४ र महिला ८ हजार १ सय ४१ जनाले मतदातामा नामावली दर्ता गराएको उनले बताए । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय मार्फत उनीहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

१८ वर्ष नपुगेकाले मतदान गर्न पाउने अधिकारबाट बन्चित हुने जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए । निर्वाचन कार्यालयले १८ वर्ष नाघेका मतदाताको नामावली अद्यावधिक गर्ने काम सुरु गरेको जनाएको छ । १८ वर्ष नाघेका नामावली मात्रै योग्य मतदाता हुनेछन ।

गत २०७४ मा भएको स्थानीय तहको निर्वाचमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए । प्रतिनिधी प्रदेश सभा निर्वाचनमा दुई लाख ११ हजार ४ सय ४४ मतदाता संख्या पुगेको थियो ।

२०७७ पुस ५ गतेसम्मको तथ्याङ्गक अनुसार जिल्लामा १८ उमेर पुगेका दुई लाख २७ हजार ४६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । हाल २ लाख ४८ हजार ५ सय ४१ जनाको नाम मतदाता नामावलीमा रहेको कार्यालयले जनाएको छ । जसमा पुरुष १ लाख १९ ९ सय ७३ जना र महिला १ लाख २८ ५ सय ६८ जना रहेका छन् ।

निर्वाचन सम्बन्धी कामको स्थानीय तहसंग समन्वय गर्नको लागि जिल्लाका दश वटै पालिकाहरुमा निर्वाचन सम्पर्क व्यक्ति समेत चयन गरिसकिएको कार्यालयले जनाएको छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको तनहुँ जिल्लामा १३६ मतदान स्थल रहेको पनि जिल्ला निर्वाचन कार्यालय तनहुँले जानकारी दिएको छ ।

अहिलेसम्म संकलन भएको नामावली निर्वाचन आयोगले वडा तहमा प्रकाशित गर्नेछ र त्यसमा दावी विरोध भए उजुरी दिन आह्वान गर्नेछ । र दावी विरोध भए छानबिनपछि अन्तिम नामावली प्रकाशित हुनेछ ।

त्यही अन्तिम नामावलीमा परेका मतदाताहरुले मात्रै आगामी स्थानीय निर्वाचनमा मतदान गर्न पाउनेछन् । यसका लागि करिब ३५ देखि ४० दिन लाग्ने आयोगको अनुमान छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS