images
images
images

भानु नगरपालिकाद्वारा एम्बुलेन्स सञ्चालन, विपन्नलाई निःशुल्क सेवा दिने

images

तनहुँ । तनहुँको भानु नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाका १३ वटै वडाका बासिन्दालाई सहज रुपमा स्वास्थ्य संस्थासम्मको पहुँचमा पु¥याउन नगरपालिकाले एम्बुलेन्स खरिद गरेको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए ।

नगरपालिकाले भन्सार छुट सहित ९ लाख ५० हजारमा एम्बुलेन्स खरिद गरिएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए । उनले भने, ‘नगरपालिकाको आफ्नै एम्बुलेन्स नहुँदा नगरवासीले महङ्गो शुल्क तिरेर निजीस्तरबाट सञ्चालित एम्बुलेन्स भाडामा लिनुपर्ने बाध्यता थियो । अब त्यो समस्याको अन्त्यका लागि नगरपालिकाले एम्बुलेन्स खरिद गरी ल्याएको हो ।’

नगरभित्र बसोबास गर्ने विपन्नलाई एम्बुलेन्स निःशुल्क प्रदान गर्ने योजना नगरपालिकाले बनाएको नगर उपप्रमुख आशा थापा मगरले बताइन । ‘एम्बुलेन्स शुल्क तिर्न कठिन हुने विपन्न परिवारलाई निःशुल्क सेवा दिने योजनामा छौं’ उनले भनिन्, ‘एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापनका लागि समिति गठन गरी नगरवासीलाई सहज रुपमा सेवा दिइने छ ।’

यस एम्बुलेन्समा अक्सिजन लगायतका आवश्यक प्रविधिहरु जडान गरी सुविधा सम्पन्न बनाउने नगरपालिकाले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS