images
images
images

क्षेत्रीय होटल संघ डुम्रे बजार इकाईको सभापतिमा थापा

images

तनहुँ । क्षेत्रीय होटल संघ तनहुँको डुम्रे बजार इकाइको सभापतिमा सन्तोष बहादुर थापा सर्वसम्मत चयन भएका छन् ।

इकाईको शनिबार सम्पन्न आठौं अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा सरोज श्रेष्ठ, द्वितिय उपाध्यक्षमा विष्णु थकाली, सचिवमा महेन्द्र शाही, सहसचिव सुजना श्रेष्ठ, कोषाध्यक्षमा ईश्वर लामिछाने रहेका छन् ।

यस्तै सदस्यहरूमा हरिराम थापा, पदम थापा, सुनिल अधिकारी र अरूण श्रेष्ठ रहेका छन् ।

यसअघिको उद्घाटन कार्यक्रममा क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशीले व्यवसायीहरू एक जुट हुनुपर्ने बताए । व्यवसायीलाई समस्या पर्दा सहयोग गर्ने र आवश्यक परामर्शका लागि नैं होटल संघ खुलेको भन्दै जोशीले नियमसंगत तरिकाले व्यवसाय सञ्चालन गर्न कसैसँग डराउन नपर्ने बताए ।

होटल व्यवसायीलाई सुरक्षा चुनौतीसमेत रहेकाले सबै व्यवसायी एकजुट र संगठित हुनुपर्ने बन्दिपुर-१ का वडाअध्यक्ष भानुभक्त पोख्रेलले बताए ।

डुम्रे बजार इकाईका सभापति रामचन्द्र खड्काको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रीय होटल संघका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष विकास खनाल, महासचिव चन्द्रकुमार कायस्थ, जीवन शाही, दमौली इकाईका सभापति शंकर अधिकारी, महेन्द्र शाही, ईश्वर लामिछाने, सन्तोष थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS