तनहुँ । अर्चले युवा क्लबले भानु-१२ आयोजना गरेको पाँचौ अर्चले कपको उपाधि रागमती युवा क्लब घलेगाउँले जितेको छ । बिजयीले नगद १ लाख १ हजार १ सय ११ सहित कप, मेडल र प्रमाणपत्र पतको सापाएका छ्न ।
रुद्रदेवी युवा क्लब आर्बाजेलाई हराउँदै रागमति युवा क्लबले उपाधि हात परेको हो । उपविजेताले नगद ५५ हजार ५ सय ५५ सहित मेडक र प्रमाणपत्र प्राप्त गरेको छन ।
गत माघ १५ गतेबाट आयोजना भएको अर्चले कपको समापन शनिबार भएको छ । समापन कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेसका महासमिती सदस्य एवं गण्डकी प्रदेश कार्यसमिती सदस्य लक्ष्मी आचार्य रहेका थिए ।
कार्यक्रममा भानु १२ का कार्यबाहक वडाअध्यक्ष नुरचन्द्र अधिकारी, नेपाली कांग्रेस भानु नगर सभापति रामकुमार श्रेष्ठ, नेपाली कांग्रेस क्षेत्रीय सभापती श्याम कुमार मौराती, जसपा भानु १२ का अध्यक्ष गोपी बहादुर अधिकारी, नेपाली कांग्रेस क्षेत्रीय सह सचिव शैलेश खाती क्षेत्री, माओवादी केन्द्र भानु नगर सचिवालय सदस्य नारायण अधिकारी, एकीकृत समाजबादीका जिल्ला कमिटी सदस्य हर्कमान श्रेष्ठ, समाजवादीका युवा नेता श्रीराम पौडेल, एमाले जिल्ला प्रतिनिधि मुरलिधर पन्डित, इटाका नेपालका अध्यक्ष डा.बिष्णुहरी पन्डित लगायतले मन्तव्य राखेका थिए ।