images
images
images

दमौली अस्पतालका डाक्टरले ६ महिनादेखि पाएनन् तलब भत्ता, आइतबारदेखि काम नगर्ने चेतावनी

images

तनहुँ । तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पतालमा छात्रवृत्ति करारमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीले विगत ६ महिना देखि तलब भत्ता पाएका छैनन् ।

लामो समयसम्म तलब भत्ता नपाएपछी शुक्रबार उनीहरूले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत् ज्ञापनपत्र बुझाउँदै तलब माग गरेका छन् । यदी तलब उपलब्ध नगराएमा काम नियमित गर्न नसक्ने भन्दै उनीहरूले चेतावनी समेत दिएका छन् ।

अस्पतालमा कार्यरत डा.आस्था रेग्मी, डा. राजुराना मगर, डा. दिवस ढकाल, डा. सुनयन सुवेदी, डा. सिन्चन पाण्डे, डा. पुजा सैँजु, डा. प्रशन्न कार्की, डा. अभिनन्दन तिवारी, डा. संजीव भण्डारी, डा. कृष्ण गिरी र डा. सुशिल विकले सयुक्त प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका हुन् ।

चालु आर्थिक वर्षको साउन देखिको पुससम्मको तलब प्राप्त गर्न नसकेको उनीहरु बताउछन ।

अस्पतालमा करारमा कार्यरत चिकित्सकहरूले २०७७ साल साउन महिनादेखि नै हालसम्म अस्पताल समितिले दिने निर्णय गरेको विभिन्न भत्ता नपाएको बताएका छन् । साथै कोभिड संक्रमणको उच्च जोखिमका समयमा ज्यान जोखिममा राखी गरेको कामको लागि पनि सरकारले जोखिम भत्ता नदिएको उनीहरूको गुनासो छ ।

काम बापत निरन्तर पाउनुपर्ने तलबभत्ताको लागि बारम्बार ताकेता गर्दा पनि अस्पताल विकास समितिबाट मौखिक आश्वासन दिने काम बाहेक केही हुन नसकेको भन्दै उनीहरूले प्रजिअ अर्याललाई पहल गरिदिन आग्रह गरेका थिए ।

आफ्नो माग पूरा नहुँदा अरु चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि हतोत्साही भएको अस्पतालमा कार्यरत चिकित्सकहरूले बताएका छन् ।

यसैबीच तलब नपाएका चिकित्सक तथा स्वास्थकर्मीले आईतबार देखि दैनिक कामबाट पछि हट्न बाध्य हुने चिकित्सकहरुले ज्ञापनपत्रमा जनाइएको छ । करारमा कार्यरत स्वास्थ्यकर्मीहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका हुन् । बिगत लामो समय वितिसक्दा पनि केही उपलब्धी नभएपछि माघ २३ गतेबाट कामकाज गर्न असमर्थ हुने सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

अस्पताले तलब भत्ता रकमको लागि माग गरी पठाए पनि निकासी नआएकाले तलब भत्ता बापतको रकम भुक्तानी दिन नसकिएको दमौली अस्पतालका प्रमुख डा.सुनिल पौड्यालले जानकारी दिए । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तलब निकासीका लागि संघीय सरकारको अर्थ मन्त्रालयलाई पत्राचार गर्न लगाएको दमौली अस्पतालका प्रमुख डा. सुनिल पौड्यालले बताए ।

अस्पतालमा कार्यरत दुई जना विशेषज्ञ डाक्टरको तलब अर्थ मन्त्रालयले निकासा गरे पनि करारमा कार्यरत चिकित्सकको हकमा भने बजेट निकासा नगरिदिँदा समस्या भएको डा. पौड्यालले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS