images
images
images

माओवादी केन्द्र शुक्लागण्डकीकोे अध्यक्षमा मनराज गुरुङ निर्वाचित

images

दुलेगौँडा । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीकोे अध्यक्षमा मनराज गुरुङ निर्वाचित भएका छन् ।

विहीबार दुलेगौँडामा भएको मतदानबाट कुल ६३ मतदातामा ३९ मत ल्याएर गुरुङ विजयी भएका हुन् । उनका प्रत्यासी शरण सापकोटाले २४ मत प्राप्त गरेका थिए ।

अध्यक्षमा विजयी गुरुङ शुक्लागण्डकी नगरपालिका-१२ नं वडाका वडाध्यक्ष समेत हुन् ।

अध्यक्षमा विजयी गुरुङलाई गण्डकी प्रदेश कमिटी सदस्य मुक्तिप्रसाद सिग्देल पक्ष र सापकोटालाई पुर्वमन्त्री तथा केन्द्रीय सदय आशा कोईराला पक्षको सर्मथन रहेको थियो ।

त्यस्तै, उपाध्यक्षमा राजु राना विजयी भएका छन् । उपाध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको थियो । जसमा रानाले ५४ मत ल्याएर निर्वाचित भए भने उपाध्यक्षका अन्य प्रत्यासी रामचन्द्र भण्डारी र चेतनारायण पौडेलले समान ४७ मत र बुद्धिबहादुर खत्री राजन ले २६ पाएका थिए ।

पहिलो चरणमा गत मंसिर ११ गते ६५ सदस्यको टुँगो लगाएको नगर कमिटीले झण्डै दुई महिनापछि पदाधिकारीको टुङ्गो लगाएको हो ।

पार्टीको निर्देशन अनुसार सकेसम्म पदाधिकारी सर्वसम्मत छनौट गर्न भनिए पनि अध्यक्ष र उपाध्यक्ष पदमा दुई पक्षको दावेदारी देखिएपछि सर्वसम्मत गराउन अधिवेशन लम्ब्याइएको थियो ।

सहमतिका लागि अन्तिम प्रयास पनि सफल नभएपछि निर्वाचन मार्फत पदाधिकारी टङ्गो लगाइएको नगर कमिटी सदस्य तथा वाइसियल शुक्लागण्डकीका सचिव नारायण पोख्रेलले जानकारी दिए ।

नगर कमिटीको सचिवमा जीवन पोखरेल र सहसचिवमा सुमन आले सर्वसम्मत भए ।

त्यस्तै, कोषाध्यक्षमा पनि झ्यामकुमारी थापा सर्वसम्मत चयन भइन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS