images
images
images

तनहुँको देवघाटमा ७४ थान अवैध सालको काठसहित बलेरो जीप प्रहरीको नियन्त्रणमा

images

आशिक राना, देवघाट । तनहुँको देवघाट गाउँपालिका स्थित घिनटारबाट अवैध सालको काठसहित बलेरो जीप प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय देवघाटले गएराति करिब २ बजेतिर देवघाटको घिनटारबाट अवैध सालको काठसहित ना २ च ७३७५ नम्बरको बलेरो जीप नियन्त्रणमा लिएको हो ।

उक्त जीपबाट ७४ थान सालको काठ बरामद सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछाने जानकारी दिए । साथै बरामद गरिएको काठ, जीप र चालकलाई सब डिभिजन बन कार्यालय देवघाटलाई बुझाईएको प्रहरीले जनाएको छ ।

यसैगरी उक्त जीपमा बरामद भएको काठ ४८.९५ क्युफिट रहेको सव डिभिजन वन कार्यालय देवघाटका प्रमुख नवराज ढकालले जानकारी दिए । बरामद काठको मूल्य बजार भाउ अनुसार करिब चार लाख जति पर्ने अनुमान गरिएको छ ।

images