damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

तनहुँको एक्लेफाँटमा बस दुर्घटना, १० जना घाइते (नामावली सहित)

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका २ एक्लेफाँटमा बस दुर्घटना भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत डुम्रेबाट आबुखैरेनी तर्फ जादै गरेको ना ५ ख ४९४१ नं.को बस र बिपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ८८३३ नं.को बस एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

उक्त दुर्घटनामा दुवै बसमा सवार १० जना घाइते भएको प्रहरीलेले जनाएको छ । घाइतेको उपचारको लागी हाडजोर्नी अस्पताल आबुखैरेनी लगेको प्रहरीले जानेको छ ।

घाइते हुनेमा तनहुँको भानु न.पा.९ बाइसजागर बस्ने २७ वषीय नविन श्रेष्ठ रहेका छन् । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । यस्तै गोरखाको धुँवाकोट बस्ने ३० वर्षिया हिरा खड्का, तनहुँको भानु न.पा.९ बस्ने २१ वर्षिय अर्विन शाही, तनहुँको बाइसजाँगर बस्ने ५९ वर्षिया मिना श्रेष्ठ, गोरखाको पालुङटार न.पा.५ बस्ने ३५ वर्षिया हर्षिका तामाङ, सोही स्त्थान बस्ने ५२ वर्षिया फुलमाया तामाङ, तनहुँको आबुखैरेनी गा.पा.२ बस्ने २७ वर्षिया निर्मला सुनार,सोही स्थान बस्ने २३ वर्षिय प्रदीप सुनार, तनहुँको बन्दिपुर गा.पा.५ बस्ने ४८ वर्षिया सानुमाया गुरुङ र गोरखाको बकराङ ९ बस्ने वर्ष नखुलेको मेख बहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

दुबै बस घटना स्थलमा रहेको प्रहरीले जनाएको छ । ना ५ ख ४९४१ नं.को बस चालक प्रहरीको नियन्त्रणमा रहेको र ना ५ ख ८८३३ न.को चालक फरार रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala