damuli hospatail

२४ मंसिर २०८०, आईतवार

तनहुँसुरको भाइरल रोडको चौतारी मर्मत गरिने, देउराली डाँडा पार्कमा राष्ट्रिय झण्डा राखिने

तनहुँ । तनहुँको व्यास-११ मा पछिल्लो समयमा भएको कालोपत्रे सडक र सडकको बीच भागमा रहेको रुख अहिले भाइरल भईरहेको छ । उक्त स्थान अवलोकन गर्न दैनिक सयौ आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

सोही अवस्थालाई मध्यनजर गर्दै मंगलबार उक्त स्थान रहेको नव आदर्श टोल विकास संस्थाले दुवै चौतारी मर्मत सम्भार र निर्माण गर्ने निर्णय गरेको समितिका अध्यक्ष संजय श्रेष्ठले जानकारी दिए । उक्त चौतारी मर्मतका लागी आर्थिक सहयोगको लागि स्थानीय सरकार, विभिन्न संघ संस्था, जनसमुदायलाई अनुरोध गरी छिटै मर्मत सम्भार गर्ने निर्णय समितिले गरेको छ ।

यस्तै प्रस्तावित देउराली डाँडा पार्क क्षेत्रमा पिकनिकमा आउनेहरुको लागि आगामी ३ दिन भित्र खानेपानी व्यवस्था मिलाउने समेत समितिले निर्णय गरेको छ । त्यस्तै पार्कको मुख्य भागमा एक साता भित्र ५ मिटर लम्बाई र ४० फुटको नेपालको राष्ट्रिय झन्डा राखिने समितिका अध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तैगरी सो क्षेत्रमा एक महिना भित्र महिला र पुरुषको दुई शौचालय निर्माण गर्ने निर्णय समितिले गरेको छ । यस्तै देउराली डाँडा पार्कको गुरु योजना सफल बनाउनको लागि तत्कालको लागि ५ सदस्य समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala