images
images
images

सहिद दिवसमा व्यास नगरपालिकामा सार्वजनिक बिदा

images

तनहुँ । तनहुँको व्यास नगरपालिकामा सहिद दिवसमा सार्वजनिक बिदा दिने निर्णय व्यास नगरपालिकाले गरेको छ ।

गत माघ ७ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयानुसार माघ १६ गते सहिद दिवसका दिन व्यास नगरपालिका अन्तरगतका सबै कार्यालयहरु, विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको व्यास नगरपालिकाले जनाएको छ ।

सम्पुर्ण ज्ञात अज्ञात शहिदहरु प्रति सम्मान प्रकट गर्दै सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

व्यासले हरेक वर्ष सहिद दिवसको दिन व्यास-५ मानुङकोटदेखि व्यास-८ पुलिमर्याङसम्म ४४ किलोमिटरको व्यासनगर अल्ट्रा म्याराथन गर्ने गर्थ्यो तर यसवर्ष कोभिडका कारण स्थगित गरेको नगरपालिकाले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS