तनहुँ । तनहुँमा बुधबार ८६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४२ जना महिला र ४४ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
बुधबारसम्म जिल्लामा कोरोनाका ६ सय ५६ सक्रिय संक्रमित रहेका निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारीअनुसार हालसम्म जिल्लामा १ सय ५२ जना कोरोना संक्रमितल ज्यान गुमाएका छन् ।
जिल्लामा हालसम्म १८ वर्ष माथिका ९४ प्रतिशतले कोरोना विरुद्धको खोपको पहिलो मात्रा र ८३ प्रतिशतले खोपको पुर्ण मात्रा लगाएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी १२ देखि १७ वर्षका ८२ प्रतिशतले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्।