images
images
images

छाडा र घर पालुवा कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप शिविर, पहिलो दिन ८५ कुकुरको बन्ध्याकरण

images

तनहुँ । तनहुँको व्यास नगरपालिका भित्रका छाडा (सामुदायिक) र घर पालुवा कुकुरको बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लागाउने शिविर सुरु भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको आयोजनामा मंगलबारदेखि नगरपालिका भित्रका छाडा (सामुदायिक) र घरमा पालेका कुकुरहरुको बन्ध्याकरण र खोप लगाउने शिविर शुरु गरिएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।

छाडा कुकुर नियन्त्रण तथा ब्यवस्थापनको लागि कुकुर बन्ध्याकरण गर्न सुरु गरिएकको डा. श्रेष्ठले बताए । प्रमुख श्रेष्ठले बन्ध्याकरणले छाडा कुकुरको जनसंख्या घटाउन र कुकुरकै कारण बढने सडक दुर्घटनामा कमी ल्याउने अपेक्षा गरिएको बताए ।

छाडा कुकुरको ज्याजती नियन्त्रण गर्न यस्ता अभियान हरेक वर्ष सञ्चालन गर्ने योजना रहेको पशु सेवा कार्यालयका प्रमुख डा.श्रेष्ठले बताए । कुकुरबाट लाग्ने रेविज रोगलाई नियन्त्रण गर्ने उद्देश्य रहेको उनले बताए ।

मंगलबार पहिलो दिन ८५ वटा कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप पनि लगाइएको प्रमुख डा. श्रेष्ठले जानकारी दिए । जसमध्ये ५८ वटा सामुदायिक(छाडा) र २७ वटा घर पालुवा कुकुर रहेको उनले बताए ।

नेपाल सरकारको सन् २०३० सम्म कुकुरको टोकाईबाट हुने रेबिज उन्मुलन गर्ने कार्यलाई मध्यनजर गर्दै कुकुरलाई रेविज विरुद्दको भ्याक्सिन पनि दिईएको कार्यालयका प्रमुख डा. श्रेष्ठले जानकारी दिए । कुकुरको संख्यामा न्यूनिकरण गर्नको लागि बन्ध्याकरण र रेबिजबाट बच्न रेबिज बिरुद्दको भ्याक्सिन दिन लागेका उनले बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ आयोजना, केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौंको प्राविधिक सहयोग व्यास नगरपालिकाको सहयोगमा कुकुरको बन्ध्याकरण र रेबिज बिरुद्दको खोप लगाउने कार्य शुरु गरिएको कार्यालयले जनाएको छ ।

बन्ध्याकरण र खोप लगाइएका कुकुरको देब्रे पट्टीको कानमा काटेर चिन्ह लगाउने गरिएको केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौंका डा.अर्जुन अर्यालले जानकारी दिए । उनका अनुसार कुनै कुकुरले टोकिहाल्यो भने उक्त चिन्हले कुकुरमा खोप लगाएको र बन्ध्याकरण गरेको थाहा पाउन सजिलो होस भनि चिन्ह लगाइएको हो ।

सो शिविर बुधबार पनि संचालन हुनेछ । संञ्चालित उक्त शिविरमा ६ जना सर्जनको टीमले कुकुरको अप्रेशन गरेका छन । सामुदायिक (छाडा) कुकुरलाई समातेर ल्याउनको लागि केन्द्रिय कार्यालयबाट भेटेरिनरी एम्बुलेन्सको समेत व्यवस्था मिलाइएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS