images
images
images

कोरोना जोखिम बढेपछि जिल्ला प्रशासनमा कार्यालय तनहुँमा बार अनुसार सेवा (सूची सहित)

images

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबारदेखि सेवाग्राहीलाई बार अनुसार सेवा प्रवाह गर्न लागेको छ । कोभिडको संक्रमण दिनानुदिन बढदै गइरहेको अवस्थामा कार्यालयमा खोप कार्डको व्यवस्था अनिवार्य गर्दा पनि भीडभाड नघटेपछि आलोपालो प्रणाली लागु गरेको हो ।

सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । कार्यालयबाट प्रदान गर्ने सेवा आलोपाले गरि सेवाग्राहीलाई सेवा दिने निर्णय अनुरुप सो व्यवस्था मिलाइएको उनले बताए ।

अबदेखि आइतबार, मंगलबार, बिहीबार तीन दिन व्यास नगरपालिका, भानु नगरपालिका, बन्दिपुर गाउँपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका क्षेत्रका सेवाग्राहीहरुलाई सेवा प्रदान गरिने प्रशासनले जनाएको छ ।

त्यसैगरी सोमबार, बुधबार र शुक्रबार शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको स्थानियले सेवा पाउने प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS