images
images
images

व्यासका मेयर र उपमेयरलाई कोरोना संक्रमण, नगरपालिकाको सेवा माघ १४ गतेसम्म बन्द

images

तनहुँ । तनहुँको व्यास नगरपालिकाका नगरप्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) सहित केही कर्मचारीलाई कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएपछि नगरपालिकाको सेवा चार दिनकोलागि बन्द गरिएको छ ।

व्यास नगरपालिकाले सोमबार साँझ प्रेस विज्ञप्ती जारी गरि नगरपालिकाका मेयर र उपमेयर सहित अन्य केही कर्मचारी समेत कोभिड संक्रमित भएको कारण नगरपालिकाको अत्यावश्यक बाहेकका अन्य सेवा माघ ११ गतेदेखी १४ गतेसम्म बन्द गरिएको जनाएको छ ।

माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि मतदाताहरुले पीसिआर परिक्षण गर्नु पर्ने निर्वाचन आयोगको परिपत्रको आधारमा व्यास नगरपालिकाको पीसिआर ल्याबमा परिक्षण गर्दा मेयर र उपमेयरमा कोभिड–१९ संक्रमण पुष्टि भएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS