तनहुँ । तनहुँको दमौली स्थित सत्यवती माध्यामिक विद्यालयको निमित प्रधानाध्यकमा एकबहादुर गुरुङ चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेको अध्यक्षमा बिहीबार बसेको बैठकले विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले मंसिर २९ गते दिएको राजिनामा स्विकृत गरी गुरुङलाई नियुक्त गरेको हो ।
समितिको पुस ६ गतेको निर्णय अनुसार प्रधानाध्यापकको नियुत्ती प्रक्रिया पुरा नहुँदा सम्मको लागि नियुक्त गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा कार्यरत माध्यामिक तहको प्रथम श्रेणीका शिक्षक गुरुङलाई समितिका वैठकले सर्वसम्मत रुपमा चयन गरिएको समितिका अध्यक्ष काफ्लेले जानकारी दिए ।
व्यास नगरपालिका-४ दमौली निवासी निमित्त प्रधानाध्यापक गुरुङ २०६० सालमा माध्यामिक तहको तृतिय श्रेष्णीमा स्थायी शिक्षक भएका थिए । २०६७ सालमा द्धितिय र २०७७ सालमा प्रथम श्रेणीमा नाम निकाएका थिए । प्रथम श्रेणीमा जिल्लामा रहेका तीन जना वरिष्ठ शिक्षक मध्ये गुरुङ सत्यवतीमा कार्यरत छन् । गुरुङ विज्ञान तथा गणित विषयका शिक्षक हुन ।
समितिका सदस्य कल्पना पोख्रेलले विद्यालयको लागि दुःख गरेर विद्यालयको गरिमा बढाउने काम गरेकोमा निर्वतमान प्रधानाध्पकबाट भएको उल्लेख गर्दै नवनियुक्त गुरुङले पनि सोही अनुसारको काम हुने अपेक्षा गरेको बताईन ।
सत्यवतीलाई देशकै प्रथम विद्यालय बनाउन प्रत्यत्नशिल हुने निमित्त प्रधानाध्यापक गुरुङले बताए । गुरुङलाई सो अवसरमा समितिका सदस्यहरु गौरी शंकर थापा, कृष्णकुमार श्रेष्ठ, रिता रेग्मी सिग्देल, लक्ष्मी कान्त मिश्र र रुपक श्रेष्ठले बधाई ज्ञापन गरेअका थिए ।