
तनहुँ । अबदेखि तनहुँमै विद्युतीय राहदानी सेवा लिन पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि विद्युतीय राहदानी सेवा सुरु गरेको छ ।
प्रशासनले पुरानो राहदानीको समयावधि सकिएका सबैलाई विद्युतीय राहदानी प्रदान गर्न शुक्रबारदेखि सेवा सुरु गरेको हो ।
अहिले पहिलो चरणमा दैनिक १० जनालाई सेवा प्रदान गर्ने गरी विद्युतीय राहदानी सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।
विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र वा यसको १० अङ्कको नम्बर अनिवार्य गरिएको छ । त्यसैले सर्वसाधारणले पहिला राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि नियमित रुपमा काम भइरहेको छ ।