तनहुँ । प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा राजकुमार श्रेष्ठ ‘बि.बि’ चयन भएका छन ।
नवौं जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको प्रेस चौतारी तनहुँले जनाएको छ ।
त्यस्तै उपाध्यक्षमा कृष्णचन्द्र न्यौपाने, महिला उपाध्यक्षमा सम्झना रसाइली, सचिवमा ऋषिकान्त दुवाडी, कोषाध्यक्षमा मदन तिमल्सेना, सह-सचिवमा किरण श्रेष्ठ र सुनिता आचार्य चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा विनोद ढुंगाना, ध्रुव सुवेदी, सविन लामिछाने, अन्जन परियार, शर्मिला विक र अशोक विश्वकर्मा चयन भएका छन ।