images
images
images

डुम्रेमा ‘तपाईको मास्क खोई’ अभियान सुरू

images

तनहुँ । तनहुँको डुम्रेमा ‘तपाईको मास्क खोई’ अभियान संचालन गरिएको छ ।

तनहुँ, लमजुङ र गोरखाको महत्वपूर्ण व्यापारिक नाका डुम्रेमा मंगलबार देखि सो अभियान सुरु गरिएको हो ।

डुम्रे बजारमा विभिन्न ठाउँबाट सवारीसाधनहरु आउने जानेक्रममा धेरै व्यक्तिहरु सम्पर्कमा आउने र व्यवसायिक हिसाबले पनि किनमेल गर्नको लागि डुम्रे बजारमा झर्ने भएको हुँदा प्रहरी चौकी डुम्रेले उक्त अभियान सुरु गरेको हो ।

ओमिक्रोन भाइरसको जोखिम उच्च देखिएको कारण सचेतनाका लागि कार्यक्रम जारी राख्ने प्रहरी चौकी डुम्रेले जनाएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ डुम्रे इकाई, सशस्त्र प्रहरी बल मनकामना गण र डुम्रे बजारका अन्य सहयोगी संस्थाहरूको समन्वयमा प्रत्येक दिन अब यो अभियान सञ्चालन गर्दै लाने प्रहरी चौकी डुम्रेका प्रमुख बिरेन्द्र कुमार खड्काले जानकारी दिए ।

उक्त अभियानको क्रममा डुम्रेमा आउँने सवारी साधन र किनमेलका लागि आएका पैदल यात्रीहरुलाई भाइरस सम्बन्धि जानकारी यसबाट हुने सम्भावित खतरा र संक्रमणको बारेमा जानकारी दिँदै मास्क अनिवार्यरुपमा लगाउने, सेनिटाइजरको प्रयोग भौतिक दूरी कायम र नयाँ भेरियन्ट फैलन नदिन सार्वजनिक यातायातमा भीडभाड कम गर्ने, सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सवारीसाधनमा माक्स र सेनिटाइजरको व्यवस्था गरी जनस्वास्थ्य सुरक्षाको मापदण्डहरू कडाईका साथ पालना गर्ने गराउने बारेमा जानकारी गराइएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS