तनहुँ । प्रेस चौतारी नेपाल तनहुँ शाखाले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कारबाट जिल्लाका दुई जना पत्रकार पुरस्कृत भएका छन् ।
उक्त पुरस्कारबाट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराई र सञ्चारिका समूह नेपालका केन्द्रीय सदस्य बसन्ती बास्तोला पुरस्कृत भएका हुन् ।
प्रेस चौतारी तनहुँको बुधबार आयोजित ९औं जिल्ला अधिवेशनका अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ, निवर्तमान अध्यक्ष केदार सिग्देल, एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले उक्त पुरस्कार प्रदान गरेका थिए ।
पुरस्कारको राशी जनही रु दश हजार रहेको छ ।
सोही अवसरमा शाखाका पूर्व अध्यक्षहरु शिवदत्त ढकाल, प्रेमप्रसाद पौडेल र त्रिभुवन श्रेष्ठलाई सम्मान गरिएको छ ।