तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. २ को कुकुर्दीमा आगामी माघ १ गते माघे संक्रान्तिको अवसरमा गोरु जुधाईं प्रतियोगिता हुने भएको छ ।
नेपाल तरुण दल बन्दिपुर वडा नं. २ वडा समितिको आयोजना, नेपाली काँग्रेस बन्दिपुर वडा समिति र नारायण गोपाल युवा क्लबको सहयोगमा माघे सक्रान्तीको अवसर पारेर प्रतियोगिता गर्न लागेको हो ।
स्थानीय कृषकहरुलाई गोरु पाल्न र पशुवस्तुलाई आहार विहारमा मानिसको अझ बढी ध्यान पुगोस् भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको काँग्रेस वडा सभापति नारायण खड्काले जानकारी दिए ।
प्रतियोगतिामा करिब २० हल गोरु जुधाईने छ ।
प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार र द्धितिय हुनेलाई ७ हजारको पुरस्कारको ब्यवस्था गरिएको नेपाल तरुण दल बन्दिपुर वडा नं. २ का सभापति उज्वल गुरुङले बताए ।
कुकुर्दीमा विगत २ वर्ष अघिदेखि गोरु जुधाईं प्रतियोगिता हुँदै आएको छ ।