तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले पुस २७ गते पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले आइतबार प्रेस विज्ञप्ती सार्वजनिक गरी बिदा दिने निर्णय जानकारी दिएको छ ।
भोलि नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय, विद्यालय बन्द हुने उपसचिव नवराज चापागाईले जानकारी दिए । जिल्लाको ऋषिङ गाउँपालिकाले पनि २७ गते बिदा दिने निर्णय गरेको छ । ऋषिङमा दोस्रो खुल्ला अल्ट्रा म्याराथन हुँदैछ । अन्य पालिकाले भने सार्वजनिक बिदाको निर्णय गरेको छैन ।