दमौली ,१९ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले रोजगार मुलुक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
रोजगारमुलक शिक्षा नहुँदा राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी औचित्यहीन भएको पूर्वमन्त्री भण्डारीको रहेको छ । सो कुरा पूर्वमन्त्री भण्डारीले भानु नगरपालिका वडा नं ११ रुपाकोट स्थित राष्ट्रिय माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव तथा २३ औं अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा बताएका हुन् । साथै पूर्वमन्त्री भण्डारीले मुलुकलाई सहि दिशामा लैजाने जनताले कांग्रेसलाई साथ दिनुपर्ने भण्डारीको भनाई थियो । जिल्लाको विकासका लागि आफू हिजो पनि लागि परेको र भोली पनि लाग्ने पर्ने समेत पूर्वमन्त्री भण्डारीको भनाई थियो ।