तनहुँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा तनहुँबाट पाँच जना चयन भएका छन् ।
माओवादी केन्द्रको आठौं महाधिवेशनमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेको नामावली अनुसार तनहुँका पाँच जना केन्द्रीय सदस्यमा चयन भएका हुन् ।
खुल्लाबाट सुरेश आले मगर, श्रीराम ढकाल, हरिबहादुर चुमान चयन भएका छन भने खसआर्य महिलाबाट आशा कोइराला तथा खसआर्य युवा महिलाबाट ओमकुमारी पौडेल केन्द्रीय सदस्यमा चयन भएका हुन् ।
चुमान र कोइराला गण्डकी प्रदेश सभा सदस्य समेत हुन् ।
















