तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले व्यास-११ स्थित भर्याङदी कटेजबाट १५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
शनिबार जिल्लाको व्यास-११ भर्याङदी स्थीत नारायण भन्ने खगेन्द्र गुरुङले संचालन गरेको मझाङदी कटेजमा उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उक्त कटेजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा कौडा सहित नारायण भन्ने खगेन्द्र गुरुङ, बुद्धी राम बस्नेत, महेन्द्र गुरुङ, निम नारायण श्रेष्ठ, राम शरण ढकाल, शालीक राम रेग्मी, गजेन्द्र बाँनिया, दिनेश मिजार, डम्वर बहादुर गुरुङ, प्रेम बहादुर अधिकारी, नेत्र बहादुर महत्तो, ईश्वर क्षेत्री, दिपेन्द्र सिंह र सुकराम श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।
उनिहरु खेलिरहेको खालबाट एकमुष्ट रुपमा नगद रु १ लाख ७५ हजार ४० रुपैया र जुवा (कौडा) १६ थान सहित बरामद गरिएको प्रहरीले जनाएको छ ।
जुवा (कौडा) खेलिरहेका १५ जना लाई नियन्त्रणमा लिई उनिहरुलाई जुवा (कौडा) सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
ठुलो धनराशीमा हार जितको बाजी राखी जुवा(कौडा) खेली रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भानु शर्मा समेतको १० जनाको प्रहरी टोलीले ऊनीहरुलाई नियन्त्रणमा लिएको हो ।