images
images
images

रोट्रयाक्ट दमौलीको अध्यक्षमा विशाल श्रेष्ठ चयन

images

तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको रोटा वर्ष २०२२/२३ काे अध्यक्षमा विशाल श्रेष्ठ चयन भएका छन ।

शनिबार क्लबले आफ्नो अफिसियल फेसबुक पेज मार्फत आगामी कार्यकालका लागि अध्यक्षमा श्रेष्ठलाइ चयन गरेकाे जानकारी दिएको छ ।

क्लबको अन्य पदाधिकारीहरू भने पछि चयन गरिने रोट्रयाक्ट क्लब अफ दमौलीले जनाएकाे छ ।

क्लबलाई अझै सशक्त ढंगले अघि बढाउने आगामी वर्षका अध्यक्ष श्रेष्ठले बताए । उनले भने ‘केहि नयाँ गर्ने सोचमा छु ।’

उनले थपे ‘सबैको साथ र सहयोगले क्लबलाई थप उचाईमा पुर्‍याउनु छ ।’

सन २००३ मा स्थापना भएको क्लबले स्थापनादेखि नै दमौली र तनहुँ जिल्लाका विभिन्न स्थानमा सामाजिक काममा सक्रिय हुँदै आएकाे छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS