images
images
images

लायन्स भानुभक्तद्वारा सिन्धुका बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न वितरण

images

तनहुँ । लायन्स क्लब अफ तनहुँ भानुभक्तले व्यास नगरपालिका ५ सागे सेरा स्थित सिन्धु आधारभूत विद्यालयका विशेष कक्षा अन्तर्गतका बौद्धिक अपाङ्गता भएका १७ जना बालबालिकाहरुलाई शनिबार खाद्यान्न वितरण गरेको छ ।

क्लबमा आबद्ध पदाधिकारीहरु विद्यालय परिसरमै पुगेर बालबालिकाहरुलाई खाद्यान्न वितरण गरेका हुन ।

ती बालबालिकाहरुलाई केही दिनका लागि भएपनि राहत पुगोस भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको हो ।

लायन्स क्लब अफ भानुभक्तका अध्यक्ष आलोक कुमाल, पूर्व अध्यक्ष सुरेन्द्र पौडेल र कविराज श्रेष्ठले संयुक्त रुपमा उक्त खाद्यान्न विद्यालयका प्रधानाध्यापक मदन वाग्ले र स्रोत शिक्षक सितादेवी कुँवरलाई हस्तान्तरण गरेका हुन ।

क्लबले २ बोरा चामल, २० किलो आलु, मस्यौरा, मसला, चिउरा, पिठो, साबुन, नुन, तेल जस्ता खाद्यान्न उनीहरुले बालबालिकालाई उपलब्ध गराएका हुन ।

कार्यक्रममा लायन्स क्लबमा आबद्ध बलभद्र श्रेष्ठ, लगायतकाले अपाङ्गता भएका ती बालबालिकाहरुलाई सहयोग पु¥याउदा उनीहरुलाई केही हदसम्म भएपनि राहत पुग्ने बताएका थिए ।

यसअघि पनि लायन्स क्लब अफ भानुभक्तले उक्त विद्यालयका आवासमा बस्दै आएका बालबालिकाहरुलाई ब्लाङकेट, न्यानो कपडा, शैक्षिक सामग्री वितरण गरिसकेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS