images
images
images

लागूऔषध कसूरमा चर्चित र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ

images

पोखरा । चर्चित र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए ।

प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ ।

‘लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हौं,’ थापाले भने, ‘यस विषयमा थप अनुसन्धान म्याद थपपछि हुन्छ ।’ बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS