images
images
images

तनहुँ महोत्सवको मिति परिवर्तन, अब माघ १९ देखि सुरु हुने

images

तनहुँ । तनहुँ महोत्सवको मिति परिवर्तन भएको छ ।

आठौं तनहुँ महोत्सव यसअघि पौष २९ देखि माघ १० सम्म हुने तयारी थियो । तर बुधबार बसेको तनहुँ उद्योग वाणिज्य संघको बैठकले महोत्सव पछी सार्ने निर्णय गरेको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सव पछि सार्ने कारण भने अध्यक्ष श्रेष्ठले खुलाएनन् । उनलेे भने ‘केहि विशेष कारणले पछि गर्ने भनेका हौं ।’

बुधबार बसेको बैठकले महोत्सव अब माघ १९ देखि फागुन १ गतेसम्म गर्ने निर्णय गरेको संघकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन् ।

संघको वार्षिक साधारण सभा भने पौष २४ गते गर्ने निर्णय गरेको छ ।

images