images
images
images

तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनु पर्दछ –के.स.भण्डारी

images

दमौली । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनु पर्ने बताएका छन् ।
त्यसका लागि पार्टीका नेता तथा कार्यकर्ताहरु चुनावको आजै देखि जुट्नुपर्ने के.स.भण्डारीको भनाई छ । बुधबार बन्दिपुर गाउँपालिकाको नाहालामा कार्यकर्तासंगको भेटका क्रममा के.स.भण्डारीले सो कुरा बताएका हुन् ।वडा नं १ वडा सभापति देवेन्द्र खनालको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य रामचन्द्र अधिकारी ,जिल्ला सदस्यद्धय शिव खत्री ,इनकन खनाल र गिरिराज अधिकारीले बोलेका थिए । सोही अवसरमा १४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई के.स.भण्डारीले सदस्यता प्रदान गरेका थिए ।
५३ औं वार्षिकोत्सव सम्पन्न
भानु नगरपालिका वडा नं ७ वसन्तपुर चन्दनी स्थित चण्डिका लाल अमर आधारभूत विद्यालयको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
बुधबार सम्पन्न विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथी पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS