दुलेगौँडा । तनहुँको शुक्लागण्डकी जेसिजको अध्यक्षमा शिव विक चयन भएका छन् ।
शुक्रबार दुलेगौँडामा सम्पन्न भएको १९औँ शाखा अधिवेशन मार्फत विक बर्ष २०२२ का लागि निर्विरोध चयन हुन सफल भएका हन् ।
विकको नेतृत्वमा आगामी वर्षका लागि शुक्लागण्डकी जेसिजको अध्यक्ष सल्लाहकारमा क्षेत्रबहादुर थापा क्षितिज, सन्तोष श्रेष्ठ र रमेश भण्डारी चयन भएका छन् ।
यस्तै महासचिवमा ईश्वर श्रेष्ठ, कानुनी सल्लाहकारमा अनिशकुमार ढकाल, कोषाध्यमा सञ्जिव श्रेष्ठ, चयन भएका छन् ।
अधिवेशन मार्फत कार्यकारिणी उपाध्यक्षमा प्रकाश विक र अषिश श्रेष्ठ तथा उपाध्यक्षमा सरोज गौतम र हरि प्रसाद पौडेल चयन भएका छन् । यस्तै सह सचिवमा सुरज लम्साल र सहकोषाध्यक्षमा दिपेन्द्र रिमाल चयन भएका छन् ।