damuli hospatail

२४ मंसिर २०८०, आईतवार

देवघाटमा आत्महत्या न्युनिकरण गर्न प्लेकार्ड मार्फत र्‍याली

करिस्मा गुरुङ, देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा इलाका प्रहरी कार्यलय देवघाट र सामुदायिक सेवा केन्द्र देवघाटको आयोजनामा बिहीबार आत्महत्या न्युनिकरण र त्यसलाई अन्त्य गर्नको लागि र्‍याली र प्लेकार्ड मार्फत हस्ताक्षर संकलन गरिएको छ ।

“हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी” भन्ने मुल नाराका साथ देवघाटमा उक्त र्‍याली निकालिएको थियो ।

सो कार्यक्रममा पछिल्लो समयमा बढ्दो आत्महत्याको क्रमलाई केहि हदसम्म मात्रै भएपनि रोक्न सकिन्छ कि भन्ने उद्देश्यले सो आत्महत्या न्युनिकरण तथा रोकथामको लागि र्‍याली र प्लेकार्ड मार्फत तथा हस्ताक्षर संकलन कार्यक्रमको आयोजनाना गरिएको इलाका प्रहरी कार्यलय देवघाटका इन्चार्ज सुशील लामिछानेले बताए ।

साथै इन्चार्ज लामिछानेले देवघाट गाउँपालिका करिब एक वर्षको अबधिमा ३ जनाले आत्मा हत्या गरेको पुष्टि भएको बताए ।

आगामी दिनमा सो कार्यक्रमले जनसमुदायमा राम्रो सन्देश गएको बिश्वास राख्दै आत्महत्या न्युनिकरण हुने समेत उनको थियो ।

इलाका प्रहरी कार्यलय देवघाटको प्राङ्गणबाट सुरू भएको र्‍याली नयाँबस्ती, देवपुर, टाउन चोक हुँदै देवघाटको पुरानो झोलुङ्गे पुलमा पुगि जीवनमा आइपर्ने हरेक कठिन परिस्थितिको सामना गर्नेछु तर आत्महत्या कदापि गर्ने छैन भन्ने प्रतिवद्वताका साथ देवघाट वडानम्वर ५ का वडाध्यक्ष याल वहादुर गुरुङ, देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी,देवघाट क्षेत्र बिकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेल, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरण बाबु घिमिरे,देवघाट सामुदायिक प्रहरी सेवा केन्द्र अध्यक्ष होमवहादुर भारती,उद्योग बाणिज्य संघका देवघाटका अध्यक्ष रोशन श्रेष्ठ,ज्योति विकास बैंक देवघाट शाखाका म्यानेजर पोश्यनाथ आचार्य, शिद्वार्थ बैंक देवघाटका शाखा म्यानेजर त्रिबिक्रम शाह, बद्रीमुक्ति टोलका संस्थाका अध्यक्ष केशवहादुर घर्तीक्षेत्र, लाइन्स क्लव अफ देवघाटका अध्यक्ष दधिराम सापकोटा, देवघाट अटो व्यवसायी संघका कोषाध्यक्ष नर बहादुर घर्ती, अखिल नेपाल महिला संघका अध्यक्ष शुसिला न्यौपाने, शिक्षक शिक्षिका बिद्यार्थीहरू लगाएत गरि करिब ३ सय भन्दा माथिले हस्ताक्षर गरि सो कार्यक्रम समापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

sukala