images
images
images

व्यवसायिक शिक्षा आजको आवश्यकता : मुख्यमन्त्री पोखरेल

images

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले व्यवसायिक शिक्षा आजको आवश्यकता भएको बताए । तनहुँको व्यास-२ मा रहेको सत्यवती माध्यमिक विद्यालयको ४६औ वार्षिकोत्सव एवं अभिभावक भेलामा मुख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन ।

नेपालको शिक्षा अनुसन्धानमा केन्द्रित शिक्षा हुनुपर्ने मुख्यमन्त्री पोखरेलले बताए । उनले अगाडि भने ‘विदेशमा प्राविधिक शिक्षा दिएका हुनाले युवा विद्यालयबाट निस्किने वित्तिकै हरेक क्षेत्रमा योग्य भएर निस्किन्छन तर नेपाल त्यो हुन सकेको छैन ।’

‘प्रदेश सरकारले शिक्षा निति ल्याएको छ अब ऐन बनाएर अघि बढ्छौ ।’ मुख्यमन्त्री पोखरेलले भने ‘दुरदराजमा रहेका विद्यार्थीले पनि गुणस्तरीय शिक्षा पाउनुपर्छ ।’

गण्डकी प्रदेश पुर्ण साक्षर प्रदेश घोषणा भएको समेत मुख्यमन्त्री पोखरेलले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेको अध्यक्षता भएको कार्यक्रममा गण्डकी प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्मा, प्रदेश सांसद सरिता गुरुङ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, जिल्ला समन्वय समिती तनहुँकी उपप्रमुख पवित्रा पौडेल लगाएतले बोलेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS