images
images
images

दुर्घटना न्यूनीकरण गर्न सडकमै सवारी चालकको स्वास्थ्य परिक्षण

images

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको अम्रेनीमा सडकमै चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजना र दमौली अस्पतालको प्राविधिक सहयोगमा बुधबार सवारी चालकको स्वस्थ्य परीक्षण गरिएको हो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पृथ्वीराजमार्ग जिल्लाको व्यास-१ अम्रेनीको मुसेखोलामा चालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख डोलेन्द्रबहादुर हमालले बताए ।

विभिन्न खाले सवारीसाधनका चालकको स्वास्थ्य अवस्था र आँखा चेकजाँच गरि उनीहरुलाई आवश्यक स्वास्थ्य सम्वन्धी सल्लाह र परामर्श दिई सवारी दुर्घटना न्युनिकरण गराउने उदेश्यले सडकमै स्वास्थ्य परिक्षण गरिएको प्रमुख हमालले जानकारी दिए ।

उक्त स्वास्थ्य परीक्षणमा ६५ जनालाई आँखा चेकजाँच र प्रेसर जाँच गरिएको थियो । जसमा कलरभिजन डिफेक्ट ३ जनामा, रिफलेक्टिभ ईरर ७ जनामा, प्रेसवायोपिया ८ जनामा, हाई प्रिन्सिभ ४५ जनामा भएको देखिएको छ । १७ जनाको स्वास्थ्य सामान्य देखिएको प्रमुख हमालले जानकारी दिए ।

ग१३ प२५७७ सवारीसाधन चालक व्यास-१ अम्रेनी निवासी ६९ वर्षीय कुमराज नहर्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले निशुल्करुपमा सवारीसाधन चालकहरुलाई स्वास्थ्य परीक्षण गराउनु सुखद् भएको बताए ।

‘‘स्वास्थ्य चालक भयो भने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने हेतुले स्वास्थ्य परीक्षण गराएका हौँ’’ ट्राफिक प्रमुख हमालले भने ।

स्वास्थ्य परीक्षणका क्रममा आँखामा कमजोरी देखिएका व्यक्तिलाई चश्मा लगाउन र रक्तचाप भएकाहरुलाई खानपानमा ध्यान दिई स्वास्थ्य व्यवस्थापन गर्न सल्लाह प्रदान गरिएको छ । सवारी चालकको दमौली अस्पतालकी नेत्रसहायक लक्ष्मी चौधरी, अहेवद्वय सुमिक्षा पन्थ र नेतृत्वमा सुष्मा थापाले स्वास्थ्य परीक्षण गरेका थिए ।

हाल पृथ्वी राजमार्गको चालकको मात्रै परीक्षण गरिएको शाखा सडकहरुमा पनि सञ्चालन गर्ने योजना रहेको ट्राफिक तनहुँले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS