images
images
images

एमाले तनहुँको जिल्ला अधिवेशन पौष २३ मा

images

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले आगामी पौष २३ गते जिल्ला अधिवेशन गर्ने भएको छ । हालै चितवनमा सम्पन्न दशौं महाधिवेशनपछि काठमाडौंमा बसेको बैठकले सबै जिल्ला र प्रदेशको अधिवेशन गर्ने मिति तोकेको छ ।

एमाले तनहुँको गत शनिबार दमौलीमा सम्पन्न बैठकले पुस २३ गते अधिवेशन गर्ने गरी आवश्यक तयारी थाल्ने निर्णय गरेको छ । बैठकमा स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतले पार्टीको पछिल्लो गतिविधिका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए।

यस्तै, सोही बैठकले एमाले तनहँको कार्यवहाक सचिवको जिम्मेवारी उपसचिव विष्णुभक्त सिग्देललाई दिने निर्णय गरेको छ । सचिव भवगती न्यौपाने केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सिग्देललाई कार्यवहाक सचिवको जिम्मेवारी दिइएको पार्टी कार्यालयले जनाएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS