images
images
images

रोट्रयाक्ट भिमादको रक्तदान कार्यक्रम, ६५ पिन्ट रगत सङ्कलन

images

भिमाद । रोट्रयाक्ट क्लब अफ भिमादले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत सङ्कलन भएको छ ।

बिहिबार क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत सङ्कलन भएको रोट्रयाक्ट क्लब अफ भिमादका अध्यक्ष दिपेन्द्र भण्डारीले जानकारी दिए ।

भिमाद नगरपालिका वडा नं ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशीले क्लबका अध्यक्ष दिपेन्द्र भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । उनले सो अवसरमा रक्तदान निकै पुनीत कार्य भएकाले यस प्रकारका कार्यक्रमहरुमा सबै जना जुट्नु पर्ने बताएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS