तनहुँ । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले शिक्षालाई उत्पादन संग जोड्नुपर्ने बताए ।
तनहुँको भानु नगरपालिका-५ मैबल स्थित सरस्वती सदन माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा बोल्दै प्रमुख अतिथि शिक्षामन्त्री श्रेष्ठले सो कुरा बताएका हुन ।
उनले थपे ‘अब प्राक्टिकल शिक्षा लिनुपर्छ ।’ गाउँको बाझो जमिनमा युवा लाग्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।
प्रदेश सरकारले प्राविधिक शिक्षालाई जोड दिएको मन्त्री श्रेष्ठले बताए । उनले अगाडी भने ‘अब युवा गाउँमा बसेर आर्थिक आर्जन तर्फ लाग्नुपर्छ ।’
गण्डकी प्रदेश सरकार शिक्षालाई सर्वसुलभ बनाउन लागी परेको मन्त्री श्रेष्ठले बताए । शिक्षालाइ सुधार्न अभिभावकको महत्त्वपूर्ण भुमिका हुने भएकाले घरबाट सुरुवात गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।