images
images
images

खैरेनीटार–भिमाद सडकखण्ड बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुने

images

तनहुँ । खैरेनीटार–भिमाद खैरेनीटार सडक खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नतिको काम भइरहेकाले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गर्न लागेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

सडक स्तरोन्नतिको क्रममा दोभानमा चौडा पार्नु पर्ने भएकाले सम्भावित दुर्घटना हुन नदिनलाई सडक बन्द गर्नुपरेको कार्यालयका निमित्त प्रमुख कल्याण खड्काले बताए । आवश्यकता अनुसार एक घण्टा सडक बन्द हुने र आधा घण्टा सडक खोलिने खड्काले जानकारी दिए ।

कार्यालयले शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकालाई समन्वय गर्न अनुरोध समेत गरेको छ । खैरेनीटार–भिमाद–भुमरीघाट–कावासोती सडक स्तरोन्नतिका लागि एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँले ठेक्का पाएर काम गरिरहेको छ ।

हाल सडक चौडा पार्ने र नाली बनाउने काम निर्माण कम्पनीले गरिरहेको छ । सात करोड ४५ लाख २१ हजार रुपैयाँमा ठेक्का लगाइएको सडक डिभिजन कार्यालय दमौलीले जानकारी दिएको छ ।

गत वैशाख १३ गते ठेक्का सम्झौता भएकोमा २०७९ कार्तिक १३ गते सम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ ।

खैरेनीटार–भिमाद खण्डका विभिन्न स्थानमा पिच भत्किएर जिर्ण भएको छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्ने गरेको छ । सो खण्डको कतिपयस्थानमा साँघुरो हुदा चार पाङ्ग्रे सवारी दुइतर्फि आवतजावतमा समेत समस्या हुदै आएको थियो ।

हाल शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका खण्डमा सडक चौडाई हुनेछ । खैरेनीटार–भिमादसम्मको दुरी कुल ७ किलोमिटर छ । साढे ५ किलोमिटर स्रनोन्नती भएपछि डेढ किलोमिटर बाँकी रहने कार्यालयले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS