तनहुँ । नेपाली काँग्रेसको १४औं महाधिवेशन तनहुँका नेताको उम्मेदवारी कायमै रहेको छ । महामन्त्रीमा प्रदीप पौडेल, खुल्लातर्फ केन्द्रीय सदस्यमा गोविन्द भट्टराई, शङ्कर भण्डारी, आनन्दराज त्रिपाठी र दीपक भट्टराईको उम्मेदवारी परेको छ ।
गण्डकी प्रदेशबाट धुर्व वाग्ले, अपाङ्गतातर्फ प्रकाश पन्थ, दलिततर्फ डोवाटे विक, जनजातितर्फ पूर्णबहादुर गुरुङ, खसआर्य महिला चिनु पोखरेल र खसआर्य पुरुषतर्फ रामचन्द्र पोखरेलको उम्मेदवारी छ ।
आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । तनहुँबाट उम्मेदवारी दिएका कांग्रेसका कुनै पनि नेताले उम्मेदवारी फिर्ता लिएका छैनन । अन्तिम नामावली प्रकाशित हुँदा तनहुँबाट उम्मेदवारी दिएका सबैको नाम समावेश छ ।
देउवा प्यानलमा ४ जना मात्रै
महाधिवेशनमा विभिन्न पदमा उमेदवारी दिने जिल्लाका नेताहरुमा ४ जनामात्र पार्टी सभापति शेरबहादुर देउवाको प्यानलमा अटाएका छन् । देउवा प्यानलमा नेता शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुव वाग्लेसहित कृष्णप्रसाद सिटौलाको प्यानलबाट शेरबहादुर देउवाको प्यानलमा महामन्त्रीको भाग पाउने युवा नेता प्रदिप पौडेल पनि देउवा टिममा छन् ।
काँग्रेसमा नेतृत्व चयनका लागि आज मतदान, ८१४ बुथबाट मतदानको तयारी
नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनमा आज सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदैछ । शुक्रबारबाट सुरु भएको महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । आज बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण गरिएको छ । ८१४ बुथबाट सोमबार ४७ सयभन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्नेछन् ।