दमौली
मोबाईल भ्यानको प्रयोगबाट किसानका घरमै माटो परीक्षण गर्ने क्रम सुरु भएको छ । किसानलाई आफ्नो खेतबारीको माटोमा उब्जानी कम हुने अबस्था आएर माटो परीक्षण गर्नु पर्ने भएमा अब मोबाईल भ्यान मार्फत किसानका घरमै माटो परीक्षण हुने भएको हो ।
नेपाल सरकार कृषि मन्त्रालयले गण्डकी प्रदेशको कृषि मन्त्रालयलाई उपलब्ध गराएको भ्यानले सडक पहुँच हुने किसानहरुको घरदैलो मै माटो परीक्षण गरिँदै आएको छ । सोही कार्यक्रम अनुसार तनहुँको बन्दिपुर ५ याम्पाफाँटमा पनि माटो परीक्षण गरिएको आँदिमुल तरकारी उत्पादक सहकारी संस्थाका अध्यक्ष रामप्रसाद तिवारीले जानकारी दिए । माटोे परीक्षणबाट कृषि उपज उत्पादन गर्नका लागि सहज हुने र उत्पादन बृद्वी हुने अध्यक्ष तिवारीले बताए ।