images
images
images

स्वास्थ्यको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

images

बन्दिपुर,
इन्सेक तनहुँको आयोजनामा विहिबार बन्दिपुर गाउँपालिका–२ कुकुर्दी आधारभुत स्वास्थ्य केन्द्रमा स्वास्थ्यको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम
आयोजना गरियो । गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा लागु गरेको कार्यक्रम र
कार्यान्वयको अवस्थाको बारेमा जानकारी दिने उद्देश्यले आयोजित सो कार्यक्रममा बोल्दै गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्जिर भट्टराईले स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएको हुँदा गाउँपालिकाले पनि नागरिकको स्वास्थ्यको अधिकारलाई प्राथमिकतामा राखेर योजनाहरु बनाएको बताए ।
भट्टराईले सबै वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना, स्वास्थ्य केन्द्रहरुमा आवश्यक स्वास्थ्यकर्मीको उपलब्धता, गन्डकी प्रदेशमै विशेषज्ञ सेवा सहितको  सरकारी अस्पताल, निशुल्क औषधीहरु पर्याप्त मात्रामा वितरण तथा कोभिड संक्रमतिको उपचारमा जिल्लामै पहिलो पटक आफ्नै आसोसेलेसन सहितको अस्पताल बन्दिपुर गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको सकारात्मक कार्य भएको बताए ।
जनताले तिरेको करबाट सरकार र स्थानीय तहले प्रत्येक वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गरेपनि त्यस्ता संस्थामा नागरिकको उपस्थिती निकै कम हुने
गरेको उनको भनाई थियो । स्वास्थ्य संस्थामा भएको कमजोरी प्रति गाउँपालिका सचेत भएको भन्दै जिम्मेबार नागरिकले कमीकमजोरीहरु सार्वजानिक
स्थानमा भन्नु भन्दा पनि जिम्मेवार प्राप्त व्यक्तिलाई जानकारी गराएमा चाँडै समाधान हुने उनको भनाई थियो । निशुल्क वितरण गर्ने औषधी खरिद
प्रक्रियामा रहेको उनले जानकारी दिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS