तनहुँ । नेपाली कांग्रेसको १४औं महाधिवशेन यही मंसिर २४ गतेदेखि शुरु हुँदैछ । कांग्रेसको नयाँ कार्य समिति चयनका लागि हुने महाधिवेशनमा विभिन्न नेताहरुले उम्मेदवारी दिने घोषणा गरिरहेका छन् ।
गण्डकी प्रदेशका बिना विभागीय मन्त्री डोवाटे विश्वकर्माले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दलित समुदायका साथै विपन्न वर्गको उत्थानमा लागेर राजनीतिक कदमलाई अगाडि बढाउँदै आएका मन्त्री विश्वकर्माले पार्टीको १४ औं महाधिवेशनमा दलिततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गरिब तथा निमुखाको उत्थानका लागि कांग्रेसले गरेको आन्दोलनलाई सार्थक तुल्याउन मन्त्री विश्वकर्माले केन्द्रिय सदस्यमा उम्मेदवारी दिन लागेको बताउछन । उनले धनको लोभलालचमा नभई स्वच्छ राजनीतिलाई बचाइराख्न र विपिको धारणालाई कार्यान्वयनमा ल्याउनका लागि उम्मेदवारी रहने बताए ।
मंसिर २५ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
मन्त्री विश्वकर्मा तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि छन् । ‘सबैको सल्लाह, सुझाव अनुसार केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएको छु, मिडिया तथा सबैको सहयोगको अपेक्षा सहित उम्मेदवारी दिन्छु,’ उनले भने ।