images
images
images

कपडाको चप्पल बनाउन सिक्दै दमौलीका महिला

images

तनहुँ, २१ मंसिर
तनहुँको दमौलीमा सोमबारदेखि कपडाको चप्पल बनाउने तालिम सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)गण्डकी प्रदेशको संयुक्त आयोजनामा चप्पल बनाउने तालिम सुरु भएको हो ।
१० दिने उक्त तालिमको उद्घाटन गर्दै सिटिइभिटी गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले तालिम तालिमका लागि मात्र हुन नहुने बताए । तालिमका क्रममा सिकेको सीप व्यवाहारीक रुपमा उतार्न सकेमात्र प्रशिक्षार्थी माथि गरिएको लगानीको सदुपयोग हुने आचार्यले बताए । ‘तालिम पश्चात अपेक्षित उपलब्धी हासिल गरी सम्बन्धीत विषयमा दक्ष जनशक्ति उत्पादन गर्न सकिए मात्र तालिमको उपयोगिता बढ्छ’ उनले भने ।
तालिम पश्चात उत्पादित सामानको बजारीकरण, उत्पादनको लागि आवश्यक कच्चा पदार्थको व्यवस्थापन सम्मको चक्र सही रुपमा भए मात्र सीपको प्रभावकारीता बढ्ने र दीगो हुने आचार्यको भनाई थियो । साथै उनले बजारको माग अनुसार उत्पादन गर्न पनि महिलाहरुलाई सुझाव दिए । आफु उद्यमी बनि अरुलाई पनि रोजगारीको अवसर दिन सक्नुपर्नेमा आचार्यको जोड थियो ।
सोही क्रममा व्यास–२का वडा अध्यक्ष काशीराम श्रेष्ठले तालिमले व्यवहारिकता नपाउदा आशा गरिएको उपलब्धी हासिल नभएको बताए । तालिम लिएपछि व्यक्तिको जीवनयापनमा परिवर्तन हुनुपर्नेमा जोड दिदै श्रेष्ठले भने ‘तपाईहरु सीप सिक्न तत्परता देखाउनुस, हामी जहाँबाट भएपनि तालिमको व्यवस्थापन गछौँ’ ।
महिला उद्यमी बिकास समितिकी अध्यक्ष शकुन्तला आलेको अध्यक्षतामा भएको कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइका सभापति भुपाल आले, महिला उद्यमी विकास समितिकी निवर्तमान सभापति राधिका परियार, सचिव संगिता प्रधान लगायतले बोेलेका थिए ।
दमौलीका २० जना महिला प्रशिक्षार्थी रहेको उक्त तालिममा १० दिनसम्म साधना श्रेष्ठले कपडाको चप्पल बनाउन प्रशिक्षण दिइने समितिकी अध्यक्ष आलेले जानकारी दिइन । तालिम पश्चात उत्पादित चप्पलको बजारीकरणमा समेत महिलालाई समितिले सघाउने उनको भनाइ छ । साथै महिलाहरुको आवश्यकता अनुसार एडभान्स लेभलको तालिम समेत सञ्चालन गरिने समेत आलेले बताइन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS