images
images
images

काँग्रेस गण्डकी प्रदेश सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा निर्वाचित

images

पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा निर्वाचित भएका हुन्। शर्माका निकटतम प्रतिद्वन्द्वी सभापति शेरबहादुर देउवा समूहका अर्जुन जोशी पराजित भएका छन्।

१ हजार १४६ मत खसेकोमा शर्माले ६ सय १२ मत आएर काँग्रेसको पहिलो गण्डकी प्रदेश सभापति बन्न सफल भएका हुन् । काँग्रेस केन्द्रीय सदस्य जोशीले ५ सय २८ मत ल्याउँदा शर्मासँग पराजित भएका छन् । उपसभापतिमा देउवा पक्षका मेखलाल श्रेष्ठ बाहेक बाँकी पदाधिकारी शर्मा प्यानलकाले जितेका छन्।  पौडेल पक्षबाट उपसभापतिमा कल्पना तिवारी विजयी भएकी छन् । यस्तै महामन्त्रीमा विष्णु लामिछाने र किरणबाबु श्रेष्ठले बाजी मारेका छन् भने सहमहामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाट निर्वाचित भएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS