तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ११ जुगेपानी स्थित फराकचौर- तनहुँसुर जाने भित्री सडक खण्डमा शनिवार ट्याक्टर दुर्घटना हुदाँ ट्याक्टर चालकको मृत्यु भएको छ ।
तनहुँसुरबाट फराकचौर तर्फ जादै गरेको ग१त ६२८८ न. को ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टदाँ चालक व्यास-११ जुगेपानीका अन्दाजी २० वर्षिय अमृत नेपालीको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उनको ट्याक्टरले च्यापिएको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिए ।