images
images
images

तनहुँको दमौलीमा “द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकन” संचालनमा, काठमाडौको स्वाद अब दमौलीमै

images

तनहुँ । तनहुँको दमौलीमा “द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकन” सञ्चालनमा आएको छ । काठमाण्डौं उपत्यका सहित देशका प्रमुख शहरमा लामो समयदेखि आफ्नो गुणस्तरलाई कायम राख्दै लोकप्रिय ब्राण्ड बन्न सफल द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकनले जिल्लाको दमौली स्थित मुख्य चोक(सहिद गेट छेउ)मा ८७औं शाखाको रुपमा आफ्नो सेवा शुभारम्भ गरेको हो ।

औपचारिक रुपमा भने चाडै नै उद्घाटन गरिने संचालक सागर श्रेष्ठले जानकारी दिए ।

एकैपटकमा १०० जना सम्मको क्षमता भएको सो रेष्टुुरेन्टमा १५ जनाले रोजगारी पाएका छन ।

आर्कषक सजावटका साथ सञ्चालनमा ल्याइएको सो रेष्टुरेन्टमा सेल्फि लिन र टिकटक बनाउनेहरुका लागि समेत आर्कषक वालहरु राखिएको छ ।

रेस्टुरेन्टमा स्वादिलो खाना, सरसफाई, आन्तरिक सजावट र पारिवारिक वातावरण रेस्टुरेन्टका लागि अत्यावश्यक भएकाले यी कुरामा ध्यान दिएको संचालक श्रेष्ठ बताउछन् । दमौली बजार वरीपरी ५ सय भन्दा बढीको खानेकुरा गर्दा निशुल्क होम डेलिभरिको व्यवस्था गरिएको छ । साथै विभिन्न किसिमका पार्टी तथा गेट टुगेदरका लागि स्पेसको पनि व्यवस्था रहेको श्रेष्ठको भनाई छ ।

जन्मदिन मनाउनेका लागी विशेष छुटको समेत व्यवस्था गरिएको संचालक श्रेष्ठ बताउछन ।

विशेष परिकार बर्गर रहे पनि क्रन्ची फाई चिकेन, मःम, चाउमिन, ससेस लगायतका परिकार सस्तो र स्वादिष्ट रहेको संचालक श्रेष्ठले जानकारी दिए । बाहिरबाट हेर्दा ग्राहकले महँगो लागेपनि जो सुकैले पनि रेष्टुरेन्टमा आएर खाजा खान सक्ने गरि मुल्य राखिएको उनले बताए ।

युवा व्यवसायी बसन्त लामाले २०७२ चैत २० गतेबाट काठमाडौंको शंखमूलबाट सुरु गरेको ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ अहिले देशभर विस्तार हुनेक्रममा रहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS